SNF Church News Letter : December, 2018

SNF Church News Letter : December, 2018

मैले किन र कसरी प्रभु येशूलाई मुक्तिदाताको भनि स्विकार गरे ?

 

जय मसिह,

सर्वप्रथम आज यसरी तपाईहरु समक्ष आफ्नो गवाही अर्थात मैले कसरी प्रभु येशूलाई बिश्वास गरे भन्ने बारे मेरा शब्दहरु राख्ने मौका दिनुभएकोमा परमेश्वरलाई धन्यबाद दिन चाहन्छु । साथै यस खवर पत्रिका सञ्चालन गर्नुहुने दाईहरुलाई पनि धन्यबाद दिन चाहन्छु । यो गवाहीबाट तपाईहरु सवैलाई उत्साह मिलोस अनि केवल परमेश्वरलाई महिमा भएको होस् । आमेन !

मेरो जन्म एक तामाङ्ग परिवारमा भएको हो । सवै तामाङ्गहरु झै हामी पनि दुवै हिन्दु एवं बौद्ध धर्म मान्थ्यौ । धर्म अनि भगवानको बिषयमा मलाई सधै एक किसिमको द्धबिधा भईरह्यो किनभने सानै उमेरदेखि मेरो मनमा धेरै बिचारहरु अनि प्रश्नहरु आउने गर्थ्यो । बिशेषतः हिन्दु धर्म मान्ने भएको कारण हामी लक्ष्मी पूजाका बेला गाईलाई पूजा गथ्र्यौ भने तामाङ्गहरुको परम्परा अनुसार गाँउघरमा गाँईगोरु मर्दा त्यसैको मासु समेत पनि खान्थ्यौ । नाँग पञ्चमीको बेला नाँगको पूजा गरिन्थ्यो भने अरु समयमा त्यही नाँगलाई ढुगाँले हाँनेर मारिन्थ्यो पनि । यिनै बाँझिएका बिभिन्न कारणहरुले गर्दा मैले आफूले मान्ने धर्म अनि भगवान प्रति बिश्वास गर्नु सकिन, चित्त बुझ्दो अवस्था थिएन तर पनि अरु कुनै बाटो नभएको कारण यस्तै संस्कृति अनि परम्परमा हुर्कदै गए । तर पनि सारा स्वर्ग अनि पृथ्वी सृजनुहुनेको खोजाई म भित्र छदै थियो, मेरो आफ्नै बेग्लै बिश्वास थियो ।

सन् २०१४-२०१५  सालमा मेरो जीवनमा एउटा समय आयो जसले मेरो जिवनमा एक किसिमको उथल पुथल नै ल्यायो । ति समयमा मैले नचाँहेका कूरा हरु धर्म अनि भगवानको नाममा गर्नु गर्थ्यो  । मान्छेलाई नै माता(भगवान) भनेर पुज्नु पर्ने, म निकै अशान्तीमा थिए, द्धबिधामा थिए, डरमा थिए त्यसैले मलाई साँचो परमेश्वर को हो ? र उहाँलाई कसरी पुज्ने? कसरी भेट्टाउने ? भन्ने प्रश्नको जवाफ पाउनु मेरो निम्ति अत्यन्त जरुरी हुन आयो । म यस्तै प्रश्न अनि द्धबिधाहरु लिएरै अष्ट्रेलिया आईपुगे ।

मेरो अष्ट्रेलियामा  केही थिएनन, तर पनि म परमेश्वरको एक असल योजनाका साथ सिड्नी नेपाली सगंती मण्डलीमा आईपुगे । ति दिनहरुका मेरो कुनै काम नभएको कारण फुर्सदको समयमा म चर्च जानु थाले र बाईबल पढ्नु थाले । जब बाईबल पढ्न थाले तव मेरा प्रश्नहरुका जवाफहरु बिस्तारै भेट्टाउन थाले । मेरो मनमा बिस्तारै शान्ति छाउन थाल्यो, मैले एकदमै खुसी अनि आनन्द महसुस गर्न थाले । परमेश्वरको प्रेमले म भित्रकाम गर्दै थियो, उहाँले मेरा सवै किसिमका डरहरु देखि छुटकारा दिनु भयो ।

बचनमा लेखिएको छ कि  मलाई जाँचेर हेर, मैले करिब एक बर्ष सम्म परेश्वरलाई आफ्नै तरिकाले जाँचे, बाईबल अध्ययन गरे र अन्तत २०१७ अक्टोबर ३ मा मैले प्रभु येशू मेरो मुक्तिदाता हुन भनेर स्वीकार गरे र पानीको बप्तिष्मा लिएँ ।

प्रभु येशू भन्नु हुन्छ, बाटो, सत्य र जीवन म नै हुँ ।  आमेन !

–             उर्मिला तामाङ्ग, सिड्नी नेपाली संगति मण्डली

 

Christmas Camp 2018 ( December 24, 25 & 26 ) 

Plus $15 per day for food expenses which includes Breakfast, Lunch and Dinner everyday.

Please Contact Sister Urmila ( 0406768052) by 14th of December 2018, If you would like to join the Christmas camp 2018.