क्रिशमस कार्यक्रम भब्यताका साथ सम्पन्न

क्रिशमस कार्यक्रम भब्यताका साथ सम्पन्न

दिसेम्बेर २२,  तरिकको दिन सिड्नी नेपाली संगती मन्डली परिवारले आयोजना गरेको वार्षिक क्रिशमस कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
मन्डलीले दिसेम्बेर महिनाको सुरुको हफ्ता देखिनै क्रिशमस क्यरोल आयोजना गरिरहेको थियो । दिसेम्बेर महिनाको आवधिमा स्ट्रात्फिल्ड, होमबुश,आश्फिल्ड, बरवूड, क्यम्प्सि, कोग्राह, परमाट्टा, ब्ल्याकटाउन जस्ता सब-अर्बहरुमा क्यरोलको आयोजना गरिएको थियो । मन्डलीका सदस्यहरुले आ- आफ्नो घर खोलेर स्वागत गर्नु भएको थियो ।

२२ दिसेम्बेर शनिबारको दिन आयोजना गरिएको क्रिशमस कार्यक्रममा न्यु लाइफ नेपाली संगती मन्डलीको टोलीले सिड्नी नेपाली संगतीको निम्तो स्विकार गरेर क्यरोल तथा आराधानामा मन्डलीलाई आगुवाई गर्नु भएको थियो । नेपाली लोक भाखाका बिसुद्ध नेपाली क्यरोलहरु घन्किएको र सबै नेपाली समुदायका नेपाली इशाईहरुले आशिषित हुने अवशर श्रीजना भएको थियो । बचनको सेवकाई मन्डलीका ब्रदर डेबीटले गर्नु भएको थियो ।

मन्डलीका युवा सदस्यहरुले नाटक तथा निर्त्यहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको अधिकान्स भागहरु सिड्नी नेपाली संगती मन्डलीको अधिकारिक वेब साईटमा लाइभ ब्रोडकास्ट गरिएको थियो ।
अझै पनि कार्यक्रम हेर्नु हेर्नुको निम्ती https://snfchurch.com/video-gallery/ मा हेर्नु सक्नु हुन्छ ।

सम्पूर्ण एडिटेड भिडियो छिट्टै नै मन्डलीको अधिकारिक वेब साईट www.snfchurch.com मा अपलोड गरिने छ ।