क्रिशमस क्याम्प – २०१८ सम्पन्न

क्रिशमस क्याम्प – २०१८ सम्पन्न

क्रिशमस क्याम्प सम्पन्न

दिसेम्बेर २4 – २६ तरिक सम्म सिड्नी नेपाली संगती मन्डली परिवारले आयोजना गरेको वार्षिक क्रिशमस क्याम्प – २०१८ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

युवाहरुलाई बिशेष प्राथमिकतासाथ आयोजना गरिएको कार्यक्रममा आमा, बुवा र नानीहरुको पनि राम्रो उपस्थिती रहेको थियो। कार्यक्रममा नेपालीहरु मात्र नभई अष्ट्रेलियनहरुको समेत उपस्थिती रहेको थियो ।

सिनेमा, बुस हाइकिङ, बिभिन्न खेलकुद्द कार्यक्रमका बिशेष आकर्षण थिए ।

बिहानिको प्रर्थना, बचनको सेवकाई, प्रर्थनाको भाग सबै कार्यकम युवाहरुले नै सन्चालन गरेका थिए ।

यसरी मन्डली चेलापनमा अगी बढेकोमा मन्डलीका पास्टर एन्डी लिम्बुले सन्तोष ब्यक्त गर्नु भयो ।

यो क्याम्पमा सम्पूर्ण मन्डली मिलेर अष्ट्रेलिया देशको निम्ती मध्यस्त प्रार्थना गरिएको थियो ।

यो क्याम्पमा आएर क्रिस्टियन एकता, प्रेम र उत्साहलाई नजिकबाट जान्ने अवशर पाएको र ख्रिस्टलाई अझ नजिक बाट
जान्ने मन भएको कुरा पहिलो पटक सहभागी युवाहरुले बाताएका थिए ।

यो सबै क्याम्पबाट त्रियक पर्मेस्वोरलाई महिमा भएको होस् ।