सिड्नीमा जोशुवा सम्मेलन सम्पन्न

सिड्नीमा जोशुवा सम्मेलन सम्पन्न

येशू ख्रीष्टको गवाही एबम प्रोत्साहन दिदै परिवर्तनका साथ अन्त्यका दिनमा परमेश्वरका जोशुवा सेनाहरु तयार गर्ने प्रेरणाका साथ यो वर्ष पनि जोशुवा सम्मेलन जुलाईको २६, २७ र २८ मा अष्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ। बिशेष युवाहरुको आत्मिक जगरणको निम्ती आयोजना गरिएको भएता पनि सम्मेलनमा बृद्द, बालक सबै आशिषित भएको सिड्नी नेपाली सँगती मन्डलिका अगुवा पास्टर रुबेन पुनले बताउनु भयो । सम्मेलनमा नेपाली मुलका साथ साथै गैर नेपाली समुदाएका बिश्वासिहरुको समेत ठुलो संख्यामा सहभागिता रहेको थियो । यसरी अष्ट्रेलियामा नेपाली जातिद्वारा बिभिन्न जाती एबम भाषिहरु आषिशित भएकोमा आफु पनि उत्साहित भएको आयोजक मन्डलिका पास्टर एन्डी लिम्बुले बताउनुभयो ।

सम्मेलन अवधिभर परमेश्वरले अचम्मका कामहरु गर्नुका साथै धेरैलाई अन्य भाषाहरुका साथै पबित्र आत्माले भर्नु भएको थियो। कार्यक्रमको समपन संगै जोशुवा २०१९ को घोषणा पनि गरिएको छ । हिमाली क्षेत्रबाट सुरु भएको यो सम्मेलन सन् २०१५ मा अष्ट्रेलियामा सुरु भएको थियो l